काठमाडौं। सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय गरेको छ। हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय गरेको हो।

राष्ट्रिय सभामा २० सदस्यको पदावधि आगामी फागुन २० मा पदावधि सकिने भएपछि उक्त पदावधि सकिनु अगावै ती पदहरूमा निर्वाचन गरिसक्नुपर्ने व्यवस्था अनुसार निर्वाचन गर्न लागिएको हो। राष्ट्रिय सभामा निर्वाचित हुने २० सदस्यमध्ये १ जना राष्ट्रपतिबाट मनोनीत हुने छन्। राष्ट्रिय सभाका १९ पदका लागि माघ १२ मा चुनाव गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो। यस अघि नै निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मिति तय गर्न सरकारसँग आग्रह गरेको थियो ।

राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै उक्त पदका लागि निर्वाचन गर्ने व्यवस्था छ। राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था रहेको छ।