काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध सर्वोच्च अदालत अगाडी शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका कानून व्यवसायीमाथि प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीको हस्तक्षेपबाट नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका कानून व्यवसायीहरुले जनाएका छन्।

प्रहरीको बल प्रयोगबाट घाइते भएका बार अध्यक्ष श्रेष्ठलाई अस्पताल लैजाँदै गरेको प्रदर्शनस्थलमा माइकिङ गरेर आन्दोलनरत कानून व्यवसायीहरुले जनाएका छन्। अदालत परिसरमा आज प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुमाथि प्रहरीले बिहीबार बल प्रयोग गरेको छ ।