पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ८ हजार १४४ जनामा गरिएको स्वाब परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा १ हजार १३ पुरुष र ६६१ महिला रहेका छन् । यो सँगै देशभर कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ भने एक लाख ९३ हजार ३२५ जना निको भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ७ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको संख्या १ हजार ३०५ पुगेको नियमित प्रेसविज्ञप्ति मार्फत मन्त्रालयले जनाएको छ ।

