काठमाडौं। सरकारको निर्णय उल्टाउँदै उच्च अदालत पाटनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। अदालतले आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा उपकुलपति डा. रावललाई कामकाजमा रोक नलगाउन आदेश जारी गरेको हो ।
सोमबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले मन्त्री खतिवडा र स्वास्थ्य मन्त्रालयको निर्णयविरुद्ध उपकुलपति डा. रावलले दिएको रिटमा सुनुवाइ गर्दै मन्त्रीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णयबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावललाई कामकाज गर्न रोक लगाएका थिए भने उपकुलपतिको कामकाज गर्न डा. निमेश थापालाई जिम्मेवारी दिएका थिए।
डा. रावल २०७७ चैत्र २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका हुन् ।

