रामेछाप। रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीमा नेकपा एकिकृत समाजवादीले वडा कमिटि गठन गरेको छ । शनिबार (आज) हरिबहादुर खड्काको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो । 

थिरबहादुर खड्काको अध्यक्षतामा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको प्रदेश सदस्य बलाराम खड्काले जानकारी दिनुभयो । आजै पार्टीको कार्यालय समेत संचालनमा ल्याइएको छ । केन्द्रीय सल्लाहकार परिषद्का सदस्य धनबहादुर कार्की र जिल्ला अध्यक्ष रमेश कुमार बस्नेतले संयुक्त रुपमा पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो ।