काठमाडौं। सर्वोच्च अदालतका न्यायाधिशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा दिनुपर्ने निर्णय गरेका छन्। उनीहरूले मङ्गलबार सामुहिक रुपमा प्रधानन्याधिशलाई भेटेर राजिनामा माग गर्ने बताएका हुन्।
सोमबार १४ जना न्यायाधिशहरूले सर्वोच्चको फूलकोर्ट बहिस्कार गरेका थिए। सर्वोच्चको कोर्ट बहिस्कार गरेका न्यायाधिशहरूको सोमबारको छलफलले राजीनामा माग्ने निर्णय गरिको हो न्यायाधिशहरूले प्रधानन्यायाधिशको नेतृत्वले न्यायालय नचल्ने भन्दै उनको राजिनामा माग गर्न लागेका हुन्। न्यायालयलाई निकास दिनका भन्दै प्रधानन्यायाधिशको राजिनामा माग गर्ने निर्णय गरेका हुन्। न्यायाधिशहरूले न्यायपालिकाभित्रको विवादमा अन्तिम संवैधानिक अस्त्र(महाभियोग) प्रयोगको अवस्था आउनुभन्दा अहिले नै निकास दिंदा प्रधानन्यायाधिशलाई सहज हुने भएकाले राजिनामा माग गर्ने भएका छन्।

