फाइल तस्विर

काठमाडौं। नेकपा माओवादी(केन्द्र) परित्याग गरी नेकपा एमालेमा लागेका पूर्वमन्त्री प्रभु साहले नयाँ पार्टी दर्ताको तयारी लागेका छन्। उनी एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्ष सहित ५१ सदस्यीय केन्द्रीय सदस्य सहित नयाँ पार्टी दर्ताको तयारीमा लागेको साह निकट स्रोतले जनाएको छ।

साहले  ‘नेकपा पुनर्गठन’का लागि आफ्नो अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार गरेको छ। साह निकट स्रोतका अनुसार ओलीले ८ बुँदे मागहरु पूरा नगरी आफू निकट नेताहरूलाई पद बाँड्ने र फकाउने गरेकाले नयाँ पार्टी दर्ताकालागि तयारी थालिएको बुझिएको छ। साहले नयाँ पार्टी दर्ता गरी पार्टीको नाम नेकपा नै राखेर पुनर्गठन गर्न लागेका हुन्। उनी माओवादी केन्द्रमा फर्किने चर्चा चलेपनि त्यो सम्भव नभएपछि पुनर्गठन सहितको नयाँ पार्टी दर्ताको तयारीमा लागेका हुन्। रौतहट​का​ पूर्वमाओवादी सांसदसमेत रहेका साहले ओली नेतृत्वको सरकारका मन्त्री मन्त्री समेत भएका थिए।

साहले यसअघि एमालेबाट असन्तुष्ट भई आइटी आर्मी गठन गरेको विषय चर्चामा आएको थियो। नेकपा पुनर्गठन गर्ने साहको तयारीलाई एमालेभित्र रहेका अन्य पूर्वमाओवादी नेताहरुले पनि साथ दिने बुझिएको छ।