काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा २ हजार ८ सय १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज आइतबारको अपडेटअनुसार एक दिनमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २ हजार ८ सय १२ जना संक्रमण मुक्त भएका छन् ।
कोरोना संक्रमणकाे क्रम नरोकिएसँगै हालसम्म संक्रमित हुनेको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । संक्रमितमध्ये १ लाख ५७ हजार ९ सय २६ जना संक्रमणमुक्त भएका छन् भने १ हजार १ सय ८ जनाको मृत्यु भइसकेको छ ।

