काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् भने ३ हजार ४ सय ३० जना कोरोना मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपडेट अनुसार पछिल्लो २४ घन्टामा १८ कोरोना संक्रमितको ज्यान गएको छ ।
यो सँगै हालसम्म कोरना संक्रमित हुनेको संख्या १ लाख ८५ हजार ९ सय चौरहत्तर, संक्रमण मुक्त हुनेको संख्या १ लाख ४८ हजार ४ सय आठ तथा ज्यान गुमाउनेको संख्या १ हजार ५२ जना पुगेको छ भने देशभर ३६ हजार ५ सय १४ जना सक्रिय संक्रमित रहेका छन् ।

