काठमाडौं । पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ९ जनामा कोरोना पुष्टि भएको छ भने कोरोनाको हटस्पट रहेको काठमाडौं उपत्यकाका  मात्रै १ हजार ८ सय ७८ संक्रिमत रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमित मध्ये १ हजार ३ सय ४ जना महिला र २ हजार ५ जना पुरुष संक्रमित रहेका छन् । देशभर १३ हजार १ सय ४४ पिसिआर परीक्षण गरिएको थियो । 

त्यस्तै २४ घन्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट संक्रमित हुनेको जम्मा संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ३४ जना पुगेको छ ।

आज देशभर ३ हजार ८ सय ४४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेकाे छ भने सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेकाे छ ।