काठमाडौं । पूर्व सभामुख कृष्ण बहादुर महराको पत्नी सीता महराको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । नर्भिक अस्पताल थापाथलीमा उपचारको क्रममा रेहको उनको बुधबार बिहान मृत्यु भएको हो ।

दशैं मनाउन रोल्पा घर गएको समयमा स्वास्थ्य समस्या देखिएपछि उपचारको लागि दाङ ल्याइएको थियो । तर शरिरमा अक्सिजनको मात्र कम र निमोनिया देखिएपछि शुक्रबार काठमाडौं ल्याइएको थियो । नर्भिकमा पिसिआर टेष्ट गर्दा कोभिड-१९ पुष्टि भएको थियो । त्यसपछि भेन्डिलेटरमा राखेर उपचार गरिँदै आए पनि बुधबार बिहान उनको मृत्यु भएको हो ।