काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३३ कोभिड-१९ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयको कोभिड-१९ नियमित अपडेट अनुसार १३ हजार ४ सय ४६ पिसिआर परीक्षण गर्दा १ हजा १ सय ७३ महिला र १ हजार ७ सय ५७ जना पुरुषमा कोभिड-१९ पोजेटिभ पुष्टि भएको हो । 

यसमध्ये १ हजार ६ सय ३० जना संक्रमित काठमाडौं उपत्यकाका रहेका छन् । 

पछिल्लो २४ घन्टामा देशभर कोभिड-१९ संक्रमण भएको २४ जनाको ज्यान गएको छ । मन्त्रालयको अपडेट अनुसार यो सँगै हालसम्म कोभिड-१९ पुष्टि भइ मृत्यु हुनेको संख्या ९ सय ८४ जना पुगेको छ ।