काठमाडौं । देशभर पछिल्लो २४ घन्टमा २ हजार ८ सय २४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार काठमाडौं उपत्यकामा मात्रै १ हजार ६ सय २२ संक्रमित भेटिएको छ । देशभर भएको १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै हालसम्म देशभर १ लाख ७३ हजार ५ सय ६७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा २ हजार २ सय ६४ जना स‌ंक्रिमत उपचार पश्चात डिस्चार्ज भएका छन् । 

संक्रमितको संख्या सँगै मृतकको संख्या पनि बढ्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा २३ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । यो सँगै देशभर हालसम्म कोभिड-१९ पुष्टि भइ ज्यान जानेको संख्या ९ सय ६० पुगेको छ ।