काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २ हजार ३ सय ६४ जना कोभिड-१९ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपडेट अनुसार देशभरको संक्रमित मध्ये ९ सय ८४ जना महिला र १ हजार ३ सय ८० जना पुरुष रहेका छन् । पछिल्लो २४ घन्टामा गरिएको ९ हजार ७ सय ६९ परिक्षणमा उक्त संक्रमितहरु पुष्टि भएको हो ।
यो सँगै देशभर हालसम्म कुल १ लाख ६४ हजार ७ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित मध्ये करिब १ लाख २५ हजारले भनि कोभिड-१९ लाई जितेका छन् ।

