काठमाडौं । कोभिड-१९ को विवरण प्रत्येक दिन ४ बजे गर्दै आइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब नियमित नगर्ने भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमा बोल्दै अब आइतबार र बुधबारमात्रै पत्रकार सम्मेलन हुने जानकारी दिएको हो । नियमित पत्रकार सम्मेलन नभए पनि प्रत्येक दिन ४:३० मा मन्त्रालयको वेभसाइट, टुइटर, फेसबुक र भाइबरमा भने अपडेट हुने छ ।

