काठमाडौं । देशभर शुक्रबार साँझसम्म थप ४ हजार ४ सय ९९ जनामा कोभिड-१९ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै देशभर संक्रमित हुने कुल संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनअनुसार काठमाडौं उपत्यकामा मात्रै २ हजार ७ सय २० संक्रमित थपिएको छ । देशभर पछिल्लो २४ घन्टामा १६ हजार ८ सय ६३ परीक्षण भएको थियो ।
पछिल्लो समय चहलपहल बढेसँगै संक्रिमतको संख्या दिनानुदिन बढ्दो रुपमा रहेको छ ।

