काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७४३ नयाँ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २० हजार ११८ जनामा गरिएको पिसिआर परीक्षणमा उक्त सङ्क्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । 

 

सङ्क्रमितहरुमध्ये उपत्यकामा मात्रै ३ हजार १०७ रहेको मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंमा २ हजार ३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना सङ्क्रमित थपिएका हुन् ।