काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको संख्या ३ हजार ७ सय ९० नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सबैभन्दा बढी संक्रमित उपत्यकामा रहेको छ । काठमाडौंमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जना नयाँ सङ्क्रमित थपिएको जनाएको हो ।
पछिल्लो २४ घण्टामा १५ हजार ७ सय १४ जनामा गरिएको कोरोना परिक्षणमा ३ हजार ७ सय ९० सङक्रमित थपिएका हुन् । हालसम्म १३ लाख ९ सय १८ जनाको कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
सङ्क्रमित मध्ये पछिल्लो २४ घण्टामा २३ सय ३५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ९४ हजार ५ सय १ जना पुगेको मन्त्रालयले जनाएको छ ।

