काठमाडाैं । पछिल्लाे २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

 

मन्त्रालयकाे नियमित प्रेसमिट मार्फत उक्त सङ्क्रमण पुष्टि भएकाे जनाएका हुन् । देशभर १६ हजार ५ सय ९८ जनाकाे गरिएकाे परीक्षणमा उक्त सङ्क्रमित फेला परेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जनाएका हुन् । सबैभन्दा बढि काठमाडाैंमा १ हजार ६ सय १२ ललितपुरमा १३४ र भक्तपुरमा १०८ सङ्क्रमित थपिएकाे मन्त्रालयले जनाएकाे छ ।