काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २ हजार ६ सय ३८ जना कोभिड-१९ संक्रमित थपिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रवक्ता डा. जोगेश्वर गौतमले नियमित प्रेस विज्ञाप्तिमा बोल्दै काठमाडौं उपत्यकाभित्र १ हजार ४ सय ३ जना थपिएको जानकारी गराउनुभयो । काठमाडौंं जिल्लामा ९ सय ९६, ललितपुरमा ३ सय ५ र भक्तपुरमा १ सय २ जना नयाँ संक्रमित पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर १३ हजार ९ सय ४७ पिसिआर परीक्षण गरिएको थियो ।

