काठमाडौं । सूचना तथा प्रसारण विभागले कोटा प्रणाली अनुसार दैनिक प्रवाह गर्दै आएको सेवा प्रवाह स्थागित गरेको छ । विभागले बुधबार सूचना जारी गर्दै अनिश्चितकालको लागि सेवा प्रवाह स्थगित गरेको हो ।
सूचना अनुसार विभागमा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको तथा अन्य ३ जना कर्मचारीहरु समेत आइसोलेसनमा रहेको हुँदा सेवा प्रवाह बन्द गरिएको जनाएको छ । अर्को सूचना जारी नहुँदासम्मको लागि विभागले प्रवाह गर्ने सबैखाले सेवा प्रवाह स्थगित गरेको हो ।

