काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ५ सय ५६ कोभिड संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमत पत्रकार सम्मेलनमा बोल्दै डा. जाेगेश्वर गौतमले काठमाडाै उपत्यका भर २ हजार १ सय २९ संक्रमित थपिएको जानकारी दिनुभयो ।
देशभर १५ हजार ५ सय ७७ जनाको परीक्षण हुँदा उक्त संक्रमित भेटिएको हो । संक्रमित मध्ये १ हजार ५ सय ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

