काठमाडौं । पछिल्लो २४ घन्टामा ४ हजार ४७ जना नयाँ कोभिड-१९ संक्रमित थपिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै हालसम्म परिक्षाण भएकामध्ये १ लाख ११ हजार ८ सय २ जनामा कोभिड-१९ पुष्टि भएको छ । यसमध्ये ३३ हजार ८ सय ३३ जना भने सक्रिय संक्रमित रहेको छ भने ६ सय ४५ जनाको मृत्यु हुँदा बाँकीले कोभिड-१९ लाई जितेका छन् । 

संक्रमितको हटस्पट बनेको काठमाडौं उपत्यकामा मात्रै २ हजार २ सय ८३ नयाँ संक्रमित भेटिएको छ ।