पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ३ सय ६४ जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो हालसम्म कै उच्च सङ्क्रमण हो । 

 

यससँगै नेपालमा सङक्रमितको संख्या  ९८ हजार ६१७ जना पुगेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १२ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ५ सय ९० पुगेको छ ।