काठमाडौं । देशभर हालसम्म कै धेरै कोभिड-१९ संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ३९ संक्रमित थपिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर उक्तसंक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर १४ हजार २ सय ९ जनाको नमुना स्वाप परीक्षण गर्दा उक्त संक्रमित भेटिएको हो ।

