पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमितको संख्या २ हजार २ सय ५३ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्‍को क्रममा प्रवक्ता जाग्श्वर गौतमले उपत्यका कोरोना सङ्क्रमणको हटस्पट भएको जनाएका छन् । 

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै सङ्क्रमितको संख्या १५ सय ९९ जना रहको जनाएका छन् । जसमध्ये काठमाडौंमा मात्रै १३७३ जना, ललितपुरमा १८७ जना र भक्तपुरमा ३९ सङक्रमित थपिएका छन् ।