काठमाडौं । आज पछिल्लो २४ घन्टामा हालसम्म कै सबै भन्दा धेरै कोरोना संक्रिमत थपिएको छ । आज एकै दिन दुई हजार ७ सय २२ जनामा कोरोना संक्रमित थपिएको हो । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।

पछिल्लो समय सबैभन्दा बढी संक्रिमत रहेको काठमाडौं उपत्यकामा हालसम्म कै सबैभन्दा धेरै एक हजार ६ सय ३८ जना संक्रमित थपिएको छ ।

संक्रमितमध्ये पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ७ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । यो सँगै कोरोना मुक्त हुनेको कुल संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।