काठमाडौं। नेकपा एमालेको पार्टीको आन्तरिक द्वन्द्व निवारण र नेपाल-खनाल समूहको ६ बुँदे माग सम्बोधनका लागि कार्यदल गठन भएको छ। जसमा पार्टी २०७५ जेठ २ मा फर्किने सहमति र त्यसको कार्यान्वयनका गराउने कार्यदल बनाइएको हो।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको बैठकले कार्यदलको टुङ्गो लगायएको हो। जसमा दुवै पक्षका ५/५ जना नेताहरू रहेका छन्।
प्रधानमन्त्री अध्यक्ष ओली तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपालको तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा रहेका छन्।
उत्क कार्यदलले अब पार्टीलाई वि.सं. २०७५ जेठ २ मा फर्किने सहमतिको कार्यान्वय गराउनेछन्।

