काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ सरकार गठनको सहकार्यका लागि  प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोप्य भेटघाट गरेको खुलासा गरेका छन्। ट्वीट मार्फत महाविपत्ति उन्मुख देशलाई निकास दिने सरकार गठनका लागि भेटेको तर प्रधानमन्त्री नमानेकाले नभनेको बताएका हुन्।

आईतबार बिहान समाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन् "प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो।वहाॅले नमानेपछि अरूलाई नभनेको हुॅ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं!" तर, भट्टराईले कहाँ कहिले भेटे भन्ने खुलाएका छैनन्।

एमाले नेता महेश बस्नेतले टेलिभिजनमा अन्तर्वाता दिने क्रममा प्रधानमन्त्री पद माग्दै पटक-पटक भट्टराई ओलीसँग भेटघाट गरेको दाबी गरेपछि भट्टराईले ट्वीटमार्फत आफूले महावित्ति उन्मुख देशलाई निकास दिन प्रधानमन्त्रीसँग भेटेको बताएका हुन्।