पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा संक्रमण पुष्टि भएको जनाएका छन् ।