काठमाडौं। सरकारले ११ देशका लागि राजदुत सिफारिस गरेको छ। एकसाता अघि बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका लागि राजदुतको नाम सिफारिस गरेको हो। संसदिय सुनुवाईका लागि हिजो शुक्रबार संसद् सचिवालय पठाईएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका छन्।
को को कुन देशका लागि सिफारिस भए:
अष्ट्रिया - निर्मलराज काफ्ले (सहसचिव -परराष्ट्र सेवाबाट)
इजिप्ट - जीवनप्रकाश श्रेष्ठ
श्रीलंका - रमेशचन्द्र पौडेल (महेन्द्र मोरङ क्याम्पसमा राजनीतिशास्त्रका पूर्वप्राध्यापक)
दक्षिण कोरिया - कृष्णचन्द्र शर्मा (त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख)
अस्ट्रेलिया - सुम्निमा तुलाधर (बाल कल्याणकारी संस्था सिविन नेपालकी कार्यकारी संयोजक)
रुस - जंगबहादुर (जंगब) चौहान (काठमाडौं विश्वविद्यालयका प्राध्यापक)
म्यानमार - नारायणप्रसाद संग्रौला (कम्युनिस्ट नेता)
बहराइन - युवराज कार्की (एमाले पार्टीसम्बद्ध पूर्वमन्त्री)
ब्राजिल - कुलप्रसाद नेपाल (पूर्व सांसद्)
डेनमार्क - सुमित्रा सुवेदी ()
साउदी अरेबिया- मेराज मुसलमान (एमालेसम्बद्ध मुस्लिम संगठनका अध्यक्ष)
राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ जारी गरेर ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने व्यवस्था अनुसार नियुक्तिका लागि सिफारिस गरेको हो।प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइबाट पारित भएपछि एक महिनाभित्र राजदूत नियुक्ति प्रक्रियामा अघि बढ्ने व्यवस्था छ।

