काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष प्रधानमन्त्री पदको शपथ लिएका छन्। शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओलीले शपथ लिएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २७ गते बेलुका दुई वा सो भन्दा बढी दल सहितको सरकार गठनका लागि आह्वान गरेकी थिइन्। राष्ट्रपतिले दिएको समय सीमाभित्र अन्य कुनै पनि दलले दाबी पेश गर्न नसक्दा संसदको ठूलो दलको हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई हिजो प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको हो।
संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओली पुन: प्रधानमन्त्री पदमा नियुक्त नियुक्त भएका हुन्।

