पछिल्लो २४ घण्टामा नेपालभर १ हजार ५७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाएको छ । यस सँगै नेपालमा सङ्क्रमितहरु मध्ये १९ हजार बढी सक्रियक सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १२३ पीसीआर परीक्षण गरिएको र हालसम्म ९ लाख ८८ हजार ३२७ पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै आज थप १० जनाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको र नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४ सय ७७ जना पुगेको मन्त्रालयले जनाएको छ  ।