काठमाडौं। अन्तत नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि विवाद समाधान कार्यदल बनाउने सहमति जुटेको छ। लामो समयदेखि एमाले पार्टी भित्र माधव नेपाल, झलनाथ खनाल समुह र ओली समुहबीच मतान्तर रहँदै नेपाल-खनाल समुहबाट सांसद् पदबाट राजिनामा दिनेसम्मको निर्णय नजिक पुगेका थिए।

नेपाल-खनाल समहुले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिने संसद्‍को विशेष अधिवेशनमा अनुपस्थित रहँदा विश्वासको मत लिन असफल भएका थिए। पटक-पटकको छलफल र अडानकाबीच केपी ओलीको अनुरोधमा बिहीबार आज ४ घण्टा लामो छलफल पश्चात विवाद समाधान गर्ने कार्यदल बनाउन सहमत भएका थिए।

विशेष गरी माधव नेपाल समुहले पार्टी अध्यक्ष ओलीसँग ६ बुँदे मागमा अडिग देखिएपछि कार्यदल बनाउन सहमत भएको हो। खास गरी नेपाल समूहले राखेको सर्त र अध्यक्ष ओलीले लिँदै आएको अडानबीच सहमति जुटाउन कार्यदलले प्रयास गर्ने छ ।