काठमाडौं। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन्। प्रदेश प्रमुख सीता पौडेलले अन्य चार दलको समर्थन रहेको कृष्ण नेपाली पोखरेलको दाबी नपुगेकाले अल्पमतको प्रदेश सरकारका लागि गुरुङ्लाई नियुक्त गरेका हुन्।
संविधानको धारा १६८(२) अनुसार प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सरकार गठनको लागि आह्वान गरेका थिए। तर, सो अवस्थामा पनि बहुमत जुटाउन नसकेकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था बमोजिम गुरुङ् मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

