काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत अस्वीकृत भएसँगै विपक्षी तीन दलले संयुक्त रुपमा सरकार गठनको आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

सोमबार संसद्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा विश्वासको मत लिन नसकेपछि स्वत पद मुक्त भएपछि तीन दलको संयुक्त हस्ताक्षरमा संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको लागि राष्ट्रपतिलाई आग्रह गरेका हुन्।

संयुक्त विज्ञप्तिमा प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा १ बमोजिम विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष राख्नु भएको प्रस्ताव संविधानको धारा १०० को उपधारा ३ बमोजिम बहुमतबाट पारित हुन नसकेकाले प्रधानमन्त्री पदबाट मुक्त हुनु भएको हुँदा संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन्।