काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने कार्यक्रम अनुसार आज विश्वासको मत लिने कार्यक्रम सकिएको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत भने पाएका छैनन्। 

संसद्‍मा आज कुल उपस्थित प्रतिनिधि सभाका २३२ सांसदमध्ये केपी शर्मा ओलीको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत देखिएसँगै प्रधानमन्त्री ओली अल्पमतमा परेका हुन्। त्यस्तै, तटस्थमा १५ सांसद्हरू देखिएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीका माधव-खनाल समुहका सांसद्हरू सभामा अनुपस्थित भएर विश्वासको मत नदिने निर्णय गरेका थिए। 

यो सँगै विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन्।