काठमाडौं। सांसद् रेशमलाल चौधरीद्वारा लेखिएको "हिडन स्टोरी फ्रम प्रिजन" नाम पुस्तक सार्वजनिक भएको छ। चौधरीले आफ्नो जेल जीवनको अनुभव संगालेका पुस्तक आज उनको छोरा आभुषण चौधरी र जीवनसाथी रञ्जिता श्रेष्ठ चौधरीले सार्वजनिक गरेका हुन्। 

थरुहट /थारुवान आन्दोलनका युवा नेता, कैलाली टिकापुरबाट प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनलाई गत २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा ज्यान सम्बन्धी कसुरको आरोपमा काठमाडौंको डिल्लिबजार स्थित काराबासमा थुनुवामा राखिएको छ।

त्यसैक्रममा लेखिएको पुस्तक "हिडन स्टोरी फ्रम प्रिजन" आज सार्वजनिक गरिएको हो।