काठमाडौं। आज दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने कार्यसूची रहेको छ। संसद्को विशेष अधिवेशन आह्वान गरेर उनले आफू विश्वासको मत लिने बताएका थिए।
चर्को आन्तरिक द्वन्द्वकाबीच उता संसद्पदबाट राजिनामा दिन तयार भएका माधव-खनाल समुहले तत्काल राजिनामा नदिने तर प्रधानमन्त्रीले विश्वासको मत लिने संसद्को बैठकमा नजाने बताएका हुन्। माधव समुहले हिजो मध्यराति प्रधानमन्त्री ओलीलाई ६ बुँदे सहमति बुदाका आधारहरु सहित पत्रचार गरेको र उक्त सहमति बिहान ९ सम्मलाई दिएको थियो।
तर, प्रधानमन्त्रीले उक्त मागको बिषयमा मौन रहेपछि आज बिहान सिंहदरबार माधव समुहका सांसदहरू सिंहदरबारमा भेला भएर राजिनामा दिने नदिने विषयमा छलफलमा केन्द्रीत भएका थिए। उनीहरूको बैठकले आज दिउँसो १ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने बैठकमा नजाने निर्णय भएको बताएका छन्।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले भने सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने भएकाले हतारोमा कुनै अनुचित निर्णयमा जान वाञ्छनीय नहुनेमा सबै सांसदको ध्यानाकर्षण गराएका छन्।
उनले ट्वीट मार्फत ‘आउनुस्, केही समस्या भए सँगै बसौंँ, छलफल गरौँ र समाधान गरौँ’, भनेका छन्।

