काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्। उनले आईतबार प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजिनामा दिएका हुन्।
गण्डकी प्रदेशको नेकपा एमाले संसदीय दलको बैठकमा भएको छलफल पछि उनले राजिनामा दिएका हुन्। आज नेकपा एमाले गण्डकी प्रदेशको संसदियदलको बैठक बसेको थियो।
उनी उपर अविस्वासको प्रस्ताव दर्ता गर्ने कार्यसूची भोलि रहेको थियो।

