काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका खिमलाल देवकोटाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको कार्यालय हेटौंडामा देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि नेपाल प्रेससँग कुरा गर्दै उनले आफ्नो प्रस्ताव माओवादी केन्द्र र समर्थक नेपाली कांग्रेसका जनप्रतिनिधि रहेको बताए । देवकोटाको प्रस्तावमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल छन् भने समर्थक कांग्रेस सांसद राधा घले बसेकी छन् । देवकोटाको उम्मेदवारी दर्तामा कांग्रेस संसदीय दलका नेता इन्द्र बानिया पनि सहभागी थिए ।