काठमाडौं । काठमाडौं उपत्यमा पछिल्लो २४ घन्टामा ६ सय ३७ जना कोरोना सङ्क्रमित भेटिएका छन् । काठमाडौं जिल्लाका ४ सय ९२, ललितपुरका ५० र भक्तपुरको ९५ जना गरी उपत्यकाभरमा ६ सय ३७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा काठमाडौं उपत्यकामा नयाँ ६ सय ३७ जनामा कोरोना सङ्क्रमण देखिएको बताए ।

नेपालमा आज प्रयोगशालामा गरी ९ हजार ४४९ जनाको पिसिआर टेष्ट गरेकोमा नयाँ ११७२ जनामा कोरोना संक्रमण देखिएको बताउनुभयो ।

उहाँका अनुसार यो सँगै सङ्क्रमितको संख्या ६७ हजार ९०४ पुगेको बताउनुभयो ।

गौतमले गत २४ घण्टामा कोरोना भाइरस निको भएर १८९३ जना डिस्चार्ज भएको र डिस्चार्ज हुनेको कुल संख्या ४९ हजार ९५४ पुगेको समेत जानकारी दिनुभयो ।