नेपालमा ११७२ जना कोरोना संक्रमित थपिएका छन् । परीक्षणका क्रममा विभिन्न जिल्लामा गरी ११७२ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरी ९ हजार ४४९ जनाको पिसिआर टेष्ट गरेकोमा नयाँ ११७२ जनामा कोरोना संक्रमण देखिएको बताउनुभयो ।

गौतमले गत २४ घण्टामा कोरोना भाइरस निको भएर १८९३ जना डिस्चार्ज भएको र डिस्चार्ज हुनेको कुल संख्या ४९ हजार ९५४ पुगेको समेत जानकारी दिनुभयो ।