कोभिडको नयाँ भेरियन्ट कोरोना भाइरस सङ्क्रमितले भिटामीन सी भएका खोनुकराहरु सेवन गर्नुपर्ने यो सास क्लिनिक काठमाडौंका डा. क्षितीज बराकोटिले बताउनु भयो। स्वास्थ ब्यक्तिले पनि भिटामिन सि को सेबन गरेमा कोराना संक्रमण कम मात्रामा हुने सम्भाबना रहेको उहाँले बताउनु भयो।

डाक्टर बराकोटी ३ दशकदेखि योग तथा आयूर्वेद क्षेत्रमा आवद्ध विशेषज्ञ डाक्टर हुनुुहुन्छ। उहाँ आफै पनि अहिले कोभिड–१९ सङ्क्रमित र होम क्वारेन्टिनमा रहनु भएको छ। उहाँले कोभिडलाई सामान्य रुपमा नलिन आग्रह गदैँ भन्नुहुन्छ “रसिलो फलफूल ,कागती पानी ,सम्भव भएसम्म अमला अथवा अमलाको पाउण्डर सेवन गर्दा पनि राम्रो हुन्छ। हरियो सागपात, टुसा उम्रेको गेडागुडीको रस सेवनले शरीरलाई उर्जा प्रदान गर्छ। यसो गर्दा तापक्रम पनि सामान्य हुने र लक्षण पनि घट्ने हुँदा कोभिडबाट जोगिन सकिन्छ।”

साथै उहाँले भन्नुभयो “कोभिड सङ्क्रमित अथवा हुने सम्भाना छ भने अक्सिजन र शरीरको तापक्रम नियमित चेकजाँच गरीराख्नुस्। कोभिड सङ्क्रमित सबैलाई एउटै लक्षण हुन्छ भन्ने हुँर्दैन कसैलाई बान्त हुन खोज्ने अथवा हुने पखाला लाग्ने पनि हुन्छ। नयाँ भेरिएन्ट कोभिडले धेरै समस्या निम्त्याउँने गरेको पाईन्छ। छिटो सर्ने र शरीरमा पनि छोटो समयमा धेरै समस्या हुने भएको हुँदा अहिलेको समयमा धेरै सजकता अपनाउँनुु पर्ने देखिन्छ।

कोभिडले मुख्यतयात फोक्सोमा समस्या ल्याउँने र निमोनिया भएर बिरामीको मृत्यू सम्म हुने भएको हुँदा सकेसम्म कोभिडबाट जोगिन मेरो सबै नागरिकहरुलाई आग्रह छ।” सिन्धुलिको सन्दर्भमा कोभिड १९ को नयाँ भरियन्ट संक्रमण अत्याधिक मात्रामा बढिरहेको छ।

हाल सिन्धुलीमा दोस्रो लहर सुरुवात भएपछि १ सय ६० जना नयाँ सङ्क्रमित थपिएका छन् । आज मात्रै दुधौलि नगरपालिकामा ३६ जना,कमलामाई नगरपालिकामा ९ जना र मरिणमा २ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यलय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो ।