काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गर्नु भएको छ। 

राष्ट्रपतिको कार्यालयले बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा रेल्वे अध्यादेश, २०७८ जारी भएको जनाएको छ। 

जनकपुर-जयनगरसम्मको रेल्वे सञ्चालन सहजताका लागि उक्त अध्यादेश जारी भएको हो।