फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको औपचारिक रुपमा समर्थन फिर्ता लिएको छ । नेकपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ । हिजोमात्रै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेर समर्थन फिर्ता लिने निर्णय लिएको थियो ।

सोहीअनुसार आज बिहान समर्थन फिर्ताको पत्र संघीय संसद सचिवालयमा बुझाइएको छ । प्रमुख सचेतक देव गुरुङले पत्र संसद सचिवालयमा बुझाएको जानकारी दिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन असफल तुल्याउने कांग्रेसको पनि निर्णय गरेको छ ।