फाइल तस्बिर

काठमाडौं। नेकपा एमालेका २१ जना प्रत्यक्ष निर्वाचित सांसदहरु राजीनामाका लागि तयार भएका छन् । माधव नेपाल र झलनाथ खनाल समूहले हिजो बुद्धनगरमा भेला भएर सामूहिक राजीनामाको पत्र तयार गरेका हुन् । पत्रमा राजीनामा गर्नुपरेको कारण खुलाएर हस्ताक्षर समेत गरिएको छ । कोरोना भाइरसको संक्रमणले नर्भिक अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने भेलामा उपस्थित हुन सकेनन् ।

तर, उनीहरुले खनालसँग पनि सम्पर्क गरी पत्र तयार गरेको बुझिएको छ । हस्ताक्षर गर्ने सबै २१ जना एमालेको सुर्य चिन्हबाट प्रत्यक्ष निर्वाचितहरु रहेका छन् । उनीहरुमध्ये अधिकांशलाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण मागेर कारबाहीको सूचीमा राखेका छन् । माधव नेपाल समूहले आफ्नो पक्षमा २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरु रहेको दाबी गर्दै आएको छ । २ जनाले भने केही समय पर्खौं भनेर हस्ताक्षर नगरेको बुझिएको छ ।

माधव नेपाल र झलनाथ खनाल समूहका २१ प्रत्यक्ष निर्वाचित सांसद:

१.माधवकुमार नेपाल
२.झलनाथ खनाल
३.भीम रावल
४.सुरेन्द्र पाण्डे
५.योगेशकुमार भट्टराई
६.यज्ञराज सुनुवार
७.विरोध खतिवडा
८.कृष्णलाल महर्जन
९.सोमप्रसाद पाण्डे
१०.गोकर्णराज बिष्ट
११.घनश्याम भुसाल
१२.दिपकप्रसाद भट्ट
१३.झपटबहादुर रावल
१४.कृष्णप्रसाद दाहाल
१५.गणेशकुमार पहाडी
१६.जयकुमार राई
१७.जीवनराम श्रेष्ठ
१८.मेटमणि चौधरी
१९.नारायणप्रसाद खतिवडा
२०.पवित्रा निरौला खरेल
२१.भवानीप्रसाद खापुङ