काठमाडौं। मन्त्रिपरिषद् बै७कले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखको पद मुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। माओवादी केन्द्र निकट मानिएका गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न बैठकले सिफारिस गरेको हो।
त्यस्तै, अहिले जारी मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ नवनियुक्त दुवै प्रदेश प्रमुखलाई आजै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।

