काठमाडौं। आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को विशेष अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा बैशाख २७ गते संसद् बस्ने गरी संसद्को विशेष अधिवेशन आह्वान गरेकी हुन्।
राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै बैशाख २७ गते सोमबार दिउँसो १ बजे प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरेको जानकारी गराएका छन्।
हाल नेकपा माओवादी केन्द्र र नेकपा एमाले पुरानै अवस्थामा फर्किने सर्वोच्चको निर्णयसँगै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने चर्चा चलेको थियो। नेकपा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएको छैन। तर, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले पार्टीले सरकारलाई समर्थन नै नगरेकाले फिर्ता लिइरहनु नपर्ने बताउँदै आएका छन्।

