बुटबल। आज बिहान मात्रै राजिनामा दिएका लुम्बिनी प्रदेशका मुख्य मन्त्री तथा नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् ।
उनलाई भर्खरै नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेश प्रमुख कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको जनाएको हो।

